कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी : कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । 

Sponsored Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । 

एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘२० अक्टोबर २०२६ मा भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्रबिन्दु १३.९७६ डिग्री दक्षिण अक्षांश र १६५.५५४ डिग्री पूर्वी देशान्तरमा रहेको छ । भूकम्प २३ किलोमिटर गहिराइमा गएको र सो क्षेत्र कोरल सागर हो । 

भूकम्पका कारण कुनै मानवीय क्षति वा उल्लेखनीय भौतिक संरचनामा क्षति पुगेको तत्काल जानकारी प्राप्त भएको छैन।

पृथ्वीमा रहेका चिरा वा भ्रंश क्षेत्रमा लामो समयदेखि जम्मा भएको तनाव अचानक मुक्त हुँदा भूकम्प उत्पन्न हुने गरेको छ । 

यस क्रममा उत्पन्न हुने भूकम्पीय तरङ्गहरू जमिनभित्र फैलिन्छन्। भूकम्पले पार्ने प्रभाव यसको म्याग्निच्युड, गहिराइ, बस्तीबाट दूरी तथा भवनहरूको संरचनागत मजबुतीजस्ता विभिन्न पक्षमा निर्भर हुन्छ।

कम गहिराइमा जाने भूकम्पले बढी गहिराइमा जाने भूकम्पको तुलनामा बढी क्षति पु¥याउन सक्छ । किनभने भूकम्पीय तरङ्गहरू पृथ्वीको सतहसम्म पुग्न छोटो दूरी तय गर्नुपर्ने हुन्छ, जसले प्रभावित क्षेत्रमा जमिनको कम्पनलाई तीव्र बनाउन सक्छ।

यद्यपि, वास्तविक क्षति स्थानीय भौगर्भिक अवस्था र वरपरका भौतिक संरचनाहरूमा पनि निर्भर हुन्छ।

कोरल सागर दक्षिणपश्चिमी प्रशान्त महासागरमा अवस्थित छ। अष्ट्रेलियाको उत्तर–पूर्व तट क्षेत्रमा पर्छ । 

प्रशान्त महासागर वरपरको विस्तृत क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ अर्थात् प्रशान्त अग्नि घेराका कारण भूकम्पको उच्च जोखिममा रहेको छ। (एएनआइ)