काठमाडौं : स्नो रिभर्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) मंसिर ११ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि जारी गरिएको ५ प्रतिशतले हुन आउने ४६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४६ हजार ८७५ कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।
लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।