काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयले नौ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी लागेको हो । कार्यालयका अनुसार १८२ दिने ट्रेजरी बिल २०८४ बैशाख २१ गते र ३६४ दिने ट्रेजरी बिल २०८४ कात्तिक १७ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १६ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि कात्तिक ९ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।