Below Menu

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो 

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ५.४५ अंकले घटेर २६६४.०६ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब १८ करोड ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आठ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज घलेम्दी हाइड्रो कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १३.५८ प्रतिशतले बढेको हो । आज सानिमा लार्ज क्याम्प फण्डको शेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ । 
 

थप समाचार