Below Menu

कुथेली बुखेरी स्मल हाइड्रोपावरले कमायो ४४ लाख ८२ हजार खुद नाफा 

कुथेली बुखेरी स्मल हाइड्रोपावरले कमायो ४४ लाख ८२ हजार खुद नाफा 

काठमाडौं : कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ४४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७६.१९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि देखिएको हो । साथै कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफामा सुधार आएको हो ।  

गत वर्ष विद्युत बिक्रीमार्फत ८१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा १ करोड १ लाख २३ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २९.३४ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको कुल आम्दानी ८१ लाख ९८ हजार रुपैयाँबाट बढेर यस वर्ष एक करोड १० लाख २५ हजार रुपैयाँ पुगेको छ ।त्यस्तै, गत वर्षको असोजसम्ममा ५ लाख ६७ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा घटेर २ लाख ५ हजार रुपैयाँ कायम रहेको छ । 

असोजसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १२.८९ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ७४.०४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४७ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म १४ करोड ७४ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा कोषमा ४ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ।

थप समाचार