Below Menu

प्रताप सुवेदी बने नेप्सेको नयाँ सीईओ

प्रताप सुवेदी बने नेप्सेको नयाँ सीईओ

काठमाडौं : सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

Sponsored Advertisement

अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

नियुक्तिपछि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। सो अवसरमा अर्थमन्त्री वाग्लेले इमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए।

थप समाचार