Below Menu

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

काठमाडौं : खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ।

Sponsored Advertisement

जय मिडिया म्यानेजमेन्ट प्रा .ली  को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्।

दक्षिण एसियाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अतिफ अस्लमका ‘ताजदार-ए-हरम’, ‘तेरे बिन’, ‘दिल दियाँ गल्लाँ’ लगायतका लोकप्रिय गीतले उनलाई विश्वभरका संगीतप्रेमीमाझ परिचित बनाएका छन्। उनको लाइभ प्रस्तुति हेर्न नेपाल लगायत भारत तथा अन्य दक्षिण एसियाली देशबाट दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको छ। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।

यस सहकार्यबारे खल्तीका चिफ अपरेटिंग अफिसर पुष्पराज न्यौपानेले भने, “नेपालमा संगीत र मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको छ, अतिफ अस्लमजस्ता लोकप्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौँ। यस सहकार्यबाट दर्शकलाई टिकट खरिदको सहज डिजिटल अनुभव तथा पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रका कार्यक्रमहरूमा डिजिटल सेवाको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।”

खल्ती बाइ आइएमईले डिजिटल भुक्तानीलाई दैनिक जीवनका विभिन्न आवश्यकता तथा गतिविधिसँग जोड्दै मनोरञ्जन, पर्यटन, यात्रा र अन्य क्षेत्रका सेवाहरूलाई आफ्नो प्लेटफर्ममार्फत विस्तार गर्दै आएको छ। अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ सँगको यस सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ सुविधा उपलब्ध गराउनुका साथै नेपालमा मनोरञ्जन क्षेत्रको डिजिटल रूपान्तरणलाई थप प्रोत्साहन गर्ने कम्पनीले अपेक्षा गरेको छ।

थप समाचार