Below Menu

कर योगदानमा आइएमई फेरि उत्कृष्ट, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टम सुदृढ बनाउने घोषणा

कर योगदानमा आइएमई फेरि उत्कृष्ट, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टम सुदृढ बनाउने घोषणा

काठमाडौं : रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

Sponsored Advertisement

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरे ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए । 

साथै विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत ढकालले व्यक्त गरे । 

रेमिट्यान्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्दै उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई थप सुदृढ गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ।
 

थप समाचार