काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ८७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्लोबल आईएमई बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा दोल्ती पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको हो । आज मुक्तिनाथ म्युचुअल फण्ड २ को शेयरमूल्य ८.५० प्रतिशतले घटेको छ ।