वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा 
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा 

काठमाडौं : नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । उक्त लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव...

सुनचाँदीको मूल्य स्थिर 
सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा शनिबार कै बजार मूल्य कायम रहेको हो । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० र...

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

मनाङ : विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज...

सिद्धार्थ बैंकसहित दुई कम्पनीको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा 
सिद्धार्थ बैंकसहित दुई कम्पनीको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : सिद्धार्थ बैंक सहित दुई कम्पनीले साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिद्धार्थ बैंक र मल्टीपर्पस फाइनान्स कम्पनीले संथापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् । कम्पनीहरुले पाँच लाख ५० हजार ५७३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न...

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला
पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

फुङ्लिङ : ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको ना...

माथिल्लो अरुण जलविद्युत आयोजनामा एक खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण दिन विश्व बैंक सकारात्मक
माथिल्लो अरुण जलविद्युत आयोजनामा एक खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण दिन विश्व बैंक सकारात्मक

मोरक्को : माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल...

नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड, ६० हजारले लिए अग्रिम टिकट
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड, ६० हजारले लिए अग्रिम टिकट

काठमाडौं : नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो ।  नयाँबसपार्क...

आजदेखि बडादसैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै  
आजदेखि बडादसैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै  

काठमाडौं : आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति य...

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैन: गृहमन्त्री श्रेष्ठ
स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेर...

विपतले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान
विपतले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

एजेन्सी : प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ । बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्...

“सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक र विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान” 
“सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक र विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान” 

काठमाडौं : बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारहरुल...

‘नियामक निकायले सहकारी सुधार गर्न सक्दैन, स्वनियमनमा बसौँ’
‘नियामक निकायले सहकारी सुधार गर्न सक्दैन, स्वनियमनमा बसौँ’

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थामसुहाङ्गले वित्तीय संकटका विचमा पनि समुदाय र सदस्यमा केन्द्रित संस्थाहरुमा तरलता वृद्धि भएको बताएकी छिन् । सुशासन र स्वनियमनमा रहेर सञ्चालनमा भएका संस्थाहरुले सदस्यको विश्वास जितेकाले वित्तीय संकटका बिचमा पनि तरलता वृद्धि भएको उनक...

सात बुँदे घोषणापत्र जारी गर्दै लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न
सात बुँदे घोषणापत्र जारी गर्दै लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको आयोजनामा बिहीबारदेखि राजधानी जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूख्य विषयवस्तुमा केन्द्रित रही दुई चलेको गोष्...

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को
जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

राँझा : रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने न...

घरजग्गा र शेयर बजारमा लगानी गर्दा सहकारीमा समस्या आयोः अध्यक्ष दाहाल 
घरजग्गा र शेयर बजारमा लगानी गर्दा सहकारीमा समस्या आयोः अध्यक्ष दाहाल 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले अनुत्पादन क्षेत्रमा लगानी गरेका कारण सहकारीहरु समस्यामा परेको बताए । राष्ट्रिय सहकारी बैंकद्धारा आयोजित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८० मा सहकारीको विद्यमान संकट सामनाः रणनिति र भावी कार्यदिशामाथि कार्यपत्...

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर
ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने अवसर

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ । उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले...

रिलायन्स फाइनान्सकाे करिब सात लाख कित्ता बोनस शेयर सूचीकृत 
रिलायन्स फाइनान्सकाे करिब सात लाख कित्ता बोनस शेयर सूचीकृत 

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेडेको करिब सात लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ६.५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ६ लाख ८४ हजार ४५४ दशमलव ११ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्...

गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार
गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख) सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महा...

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्दै विभाग
राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्दै विभाग

काठमाडौं : सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका...

ट्रेजरी मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउँदै सरकार
ट्रेजरी मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र...

बैंक तथा वित्तीय क्षेत्रबाट पलायन हुँदै शेयरधनी, करिब दश लाख कित्ता शेयर बिक्रीमा 
बैंक तथा वित्तीय क्षेत्रबाट पलायन हुँदै शेयरधनी, करिब दश लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकसहित तीन कम्पनीको करिब दश लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले नौं लाख ८४ हजार ४७६ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । शेयर बिक्रीमा ल्याउने कम्पनीमा कुमारी बैंक, नेपाल इन्भ...

सुनको मूल्य तोलामा छ सयले बढ्दा चाँदी घट्यो 
सुनको मूल्य तोलामा छ सयले बढ्दा चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख दश हजार एक सय रुपैयाँ र तेजावी सुन...

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले पाएनन् तलब
म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले पाएनन् तलब

कञ्चनपुर : दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल  पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन ।  “म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन”, चौध वर्षद...

चिरख्वा खोला हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 
चिरख्वा खोला हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने 

काठमाडौं : चिरख्वा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २३ गतेदेखि सर्वसाधारणमा जारी गरेको कम्पनीको आर्यपीओ आवेदन दिने आज अन्तिम दिन रहेको हो । लगानीकर्ताहरुले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लाग...