काठमाडौं : चिरख्वा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २३ गतेदेखि सर्वसाधारणमा जारी गरेको कम्पनीको आर्यपीओ आवेदन दिने आज अन्तिम दिन रहेको हो । लगानीकर्ताहरुले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।
त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत अर्थात ४ लाख ७५ हजार कित्ता शेयर बिक्री गरेको थियो । जसमा २ लाख ४ हजार ७ सय कित्ता मात्र बाँडफाँट गरेको कम्पनीले जनाएको छ । बाँकी रहेको ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी गरेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment