काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी माघ २ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ बैशाख ४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असोज २९ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने, ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको १८२ दिने र तीन अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment