Below Menu
Below Menu

सुनको मूल्य तोलामा छ सयले बढ्दा चाँदी घट्यो 

सुनको मूल्य तोलामा छ सयले बढ्दा चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख दश हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौं हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment