वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ ।  अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स...

विद्युतीय एम्बुलेन्समा कर छुटदेखि एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
विद्युतीय एम्बुलेन्समा कर छुटदेखि एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन् । एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा...

नीतिगत अस्पष्टता र कूटनीतिक उदासीनताको मारमा गौतमबुद्ध विमानस्थल : पूर्वाधार छ, उडान छैन
नीतिगत अस्पष्टता र कूटनीतिक उदासीनताको मारमा गौतमबुद्ध विमानस्थल : पूर्वाधार छ, उडान छैन

भैरहवा : नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ । आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकार...

एम बैंक र एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म
एम बैंक र एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म

काठमाडौं : नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रमा एक दशकदेखि सक्रिय मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ र झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) बीच रणनीतिक सहकार्य भएको छ। सहकार्यसँगै एनएमसीका सदस्यले एउटै डिजिटल माध्यमबाट बैंकिङ, भुक्तानी तथा डिजिटल कर्...

आन्तरिक लगानीकर्ताको मनोबल नउठेसम्म एफडीआई आउँदैनः नाइमा अध्यक्ष वैद्य
आन्तरिक लगानीकर्ताको मनोबल नउठेसम्म एफडीआई आउँदैनः नाइमा अध्यक्ष वैद्य

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने स्थिति बन्ने बताएकी छिन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा०...

व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो : सीईओ ज्ञवाली 
व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो : सीईओ ज्ञवाली 

काठमाडौं : नेपालको बैंकिङ क्षेत्रमा उच्च निक्षेप (डिपोजिट सरप्लस) थुप्रिए पनि कर्जाको माग हुन सकेको छैन । बजारमा अहिले ब्याजदर इतिहासकै तल्लो बिन्दुमा झर्दा पनि कर्जाको माग हुन नसकेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली निक्षेप लगातार बढ्नुमा वैदेशिक रोजगारीबाट भित्र...

कर्णालीका जनता चामल कुरिरहेका छन्, सांसदहरू समीकरण : केपी खनाल
कर्णालीका जनता चामल कुरिरहेका छन्, सांसदहरू समीकरण : केपी खनाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना...

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान
रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्...

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट 
नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट 

काठमाडौं : नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै अब कोषका सहभाग...

‘१२ अर्ब एफडीआई भित्रिँदा चार अर्ब लाभांश बाहिरियो, सर्वाधिक लगानी तीन क्षेत्रमा छ’  
‘१२ अर्ब एफडीआई भित्रिँदा चार अर्ब लाभांश बाहिरियो, सर्वाधिक लगानी तीन क्षेत्रमा छ’  

काठमाडौं : गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब रुपैयाँ भित्रिएको छ । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले य...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा...

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.०२ अंकले घटेर २६४१.०६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्पनी...

जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री
जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

काठमाडौं : सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्ताका सम्बन्धमा छलफल भएको छ । बैठकमा बोल्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिबारे ठूलो विमति नरहेको बताए । घटनाको कारणबारे फरक धारणा भ...

स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे
स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइम...

विश्वकै उच्च करकाे बोझले अटोमोबाइल क्षेत्र थिचियो : महासंघ अध्यक्ष  श्रेष्ठ
विश्वकै उच्च करकाे बोझले अटोमोबाइल क्षेत्र थिचियो : महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै उच्चमध्येको कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्र प्रतिस्पर्धात्मक बन्न नसकेको बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स...

मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ : अध्यक्ष अग्रवाल
मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । मंगलबार नाइमा मोबिलिटी एक्स्पो-२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले नेपालको कुल गार्हस्थ्य...

यातायात क्षेत्र राजस्वको माध्यम मात्र होइन, विकासको मेरुदण्ड हो : रितु सिंह वैद्य
यातायात क्षेत्र राजस्वको माध्यम मात्र होइन, विकासको मेरुदण्ड हो : रितु सिंह वैद्य

काठमाडौं : नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले बताएकी छन् । उनले नेपालमा गतिशी...

सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की
सवारी आयातमा नेपालको भूगोल र सडक अवस्थालाई ध्यान दिनुपर्छ : आईजीपी कार्की

काठमाडौं : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ को उद्घाटन समारोहमा बोल्दै आईजीपी कार्कीले सवारी साधनको सुरक्षास...

उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घका...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत्‌ आयोजनाका लागि जुट्यो लगानी 
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत्‌ आयोजनाका लागि जुट्यो लगानी 

काठमाडौं : एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रालिद्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।  द...

ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क अब क्यूआरमार्फत तिर्न सकिने
ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क अब क्यूआरमार्फत तिर्न सकिने

काठमाडौं : नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला सुरुङमार्ग प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल गरिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक बीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्झौता भएको छ । सम्झौताअनु...

चिलिमे हाइड्रोपावरले बेच्यो एक अर्ब १६ करोडको बिजुली, खुद नाफा साढे ७६ करोड   
चिलिमे हाइड्रोपावरले बेच्यो एक अर्ब १६ करोडको बिजुली, खुद नाफा साढे ७६ करोड   

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्प...

सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा छ हजार ४०० रुपैयाँले बढ्यो 
सुनचाँदीको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा छ हजार ४०० रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात...