Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ९.०२ अंकले घटेर २६४१.०६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज २० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ११ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ६७ करोड ४४ लाखरुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सोलु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ । आज महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४.९१ प्रतिशतले घटेको छ । 
 
 
 

थप समाचार