एशियन ब्याट्रीजले ५३ करोडमा नयाँ प्लान्ट बनाउँदै, ११ महिनामा साढे ६५ करोडको व्यापार
काठमाडौं : नेपालमा अटोमोटिभ, विद्युतीय सवारी (ईभी) तथा ट्युबुलर ब्याट्री उत्पादन गर्दै आएको एशियन ब्याट्रीज लिमिटेडको व्यापार बढ्दै गएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ६५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । उत्पादन क्षमता बढेपछि बजारमा मागअनुसार बिक्री बढ्दै गएको कम्पनीले जना...