महोत्तरी : फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ । उद्योगको उखु पेल्ने र चिनी उत्पादन गर्ने क्षमताअनुसार दैनिक उखु आपूर्ति हुन नसक्दा...