Below Menu
Below Menu

६३.५१ प्रतिशतले घट्यो हिमालयन डिष्टिलरीको नाफा, इपिएस कति?

६३.५१ प्रतिशतले घट्यो हिमालयन डिष्टिलरीको नाफा,  इपिएस कति?

काठमाडौं : हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतले गिरावट देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६३.५१ प्रतिशतले कम हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३९.५५ प्रतिशतले कम हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले मदिरा बिक्रिबाट ४ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४३.८३ प्रतिशत, सञ्चालनबाट हुने कुल आम्दानी ४१.६० प्रतिशत र सञ्चालन मुनाफा ६०.६६ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १५ ले घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ७७ पैसा रहेको छ ।

Advertisment

थप समाचार