तोलामा दुई हजारले बढ्यो सुन

तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजारले वृद्धि भएको छ ।

Sponsored Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ निर्धारण भएको छ ।

थप समाचार