महानगरले उठायो दश महिनामा साढे सात अर्ब राजस्व, आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि
काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दशमहिनामा साढे सात अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले बैशाख मसान्तसम्म सात अर्ब ८१ करोड ४५ लाख ५० हजार ३४० रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त रकम आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदानबाट भएको आम्दानी ह...