काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ ३ गते बिहिबार एकैदिन तोलामा १६ सयले बढेर एक लाख ४० हजार पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।