कीर्तिमानी आरोहीहरुको गाउँ ‘बेदिङ’: मनास्लुमा नयाँ रुट, पलायन र उद्धार अभावको पिरलो !
काठमाडौं : सन् १९५२ मा स्विजरल्यान्डको एउटा अनुसन्धान टोली काठमाडौँ, दोलखा हुँदै रोल्वालिङ उपत्यकाबाट पाँच हजार ७०० मिटर उचाइमा रहेको तासिलाप्चा पास पार गरेर सगरमाथातर्फ गएको थियो । त्यो टोलीमा दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङ गाउँका रिताछिरी शेर्पा पनि सामेल भएका थिए । बेदिङबाट सगरमाथा...