Below Menu
Below Menu

नेपालीरिका होटेलले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

नेपालीरिका होटेलले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

उक्त शेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा नेपालीरिका होटेलका अध्यक्ष भोलेश्वर दुलाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच बिहिबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे । 

काठमाडौं : नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५०करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर जारी गर्ने भएको हो । 

सम्झौताअनुसार निकट भविष्यमा साधारण शेयर निष्काशन प्रक्रिया अगाडि बढाइने जनाइएको छ।  विशेषगरी मोरङ क्षेत्रमा लगानी अवसर विस्तारमा यसले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।

मोरङको विराटचोकमा अवस्थित नेपालीरिका होटलमा १४६ वटा आकर्षक रूपमा सजाइएका कोठा तथा सुइटहरू रहेका छन्। होटलमा सपनाको विवाह, भव्य समारोह तथा कर्पोरेट सम्मेलन आयोजना गर्न उपयुक्त विशाल बहुउद्देश्यीय हलहरू छन्, जुन आधुनिक सुविधासहित सुसज्जित छन्।

यसैगरी, दमकस्थित नेपालीरिका होटलमा ३९ वटा व्यवस्थित कोठा तथा सुइटहरू, रेस्टुरेन्ट तथा बार सेवा उपलब्ध छ। परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकमा अवस्थित यस होटलले ५० देखि १५०० जनासम्मको भोज तथा सम्मेलन सेवा र स्विमिङ पूल सुविधा पनि प्रदान गर्दै आएको छ।

Advertisment

थप समाचार