भोटेकोशी बाढी प्रभावितलाई विद्युत्मा राहत : निःशुल्क मिटर र न्यूनतम शुल्क मिनाहा
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
ऊर्जा, जलस्रोत तथ...