Below Menu

बलेफी हाइड्रोपावरको नाफा साढे १४ करोड, विद्युत बिक्रीमार्फत ३४ करोड ७८ लाख आम्दानी 

बलेफी हाइड्रोपावरको नाफा साढे १४ करोड, विद्युत बिक्रीमार्फत ३४ करोड ७८ लाख आम्दानी 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १४ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १७.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो । 

Sponsored Advertisement

गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत ३४ करोड ७८ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ३६ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन ४.३३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको कुल नाफा गत वर्ष ३२ करोड ३९ लाख ९१ हजार रुपैयाँबाट बढेर ३४ करोड ३९ लाख २८ हजार रुपैयाँ पुगेको छ । यद्यपी कम्पनीको अन्य आम्दानी भने तीन करोड ३१ लाख ८५ हजार रुपैयाँबाट घटेर २३ लाख तीन हजार रुपैयाँमा झरेको छ ।    

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १५.९५ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ५६.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४०.५१ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म तीन अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५३ करोड ५२ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ।  

थप समाचार