Below Menu
Below Menu

सहकारीको ब्याजदर १९ प्रतिशत सिफारिस

सहकारीको ब्याजदर १९ प्रतिशत सिफारिस

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक तत्काल बस्न सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डिले निर्देशन दिएका छन् ।

सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक समेत रहेका पण्डितले उप समितिको बैठक बसी बैंकहरुको औसत ब्याजदरको अध्ययन गरी समितिमा सिफारिस गर्न निर्देशन दिएका हुन् ।

सहकारी विभागका उप रजिष्ट्रारको संयोजकत्वमा सुझाव उप समिति रहेका छन् । राष्ट्र बैंकले सहकारी विभागलाई मंसिर १२ गते असोज महिनाको औसत ब्याजदर पठाएको थियो । राष्ट्र बैंकबाट रिपोर्ट आउन समय लाग्ने भएकाले कुनै एक दिनलाई आधार मानी बैंकहरुको औसत ब्याजदर अध्ययन गर्न उप समितिलाई निर्देशन दिएका हुन् ।

 

उप समितिका संयोजक उप रजिष्ट्रार टोलराज उपाध्यायले केही दिनमै बैठक बोलाउने बताए । भोली शनिबार भएको र आईतबार बैठक बोलाउने प्रतिक्रिया दिए ।

 

राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर १९ प्रतिशत कायम गर्न सिफारिस गरेको छ । सन्दर्भ ब्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक पटक अभियानको तर्फबाट सुझाव पठाउँदै आएपनि हालसम्म पुनरावलोकन हुन सकेको छैन ।

 

शुक्रबार रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउदै राष्ट्रिय महासंघले बजार अनुरुप सन्दर्भ ब्याजदर स्वचालित हुनेगरी पुनरावलोकन गर्न माग गरेको गरेको छ । सोही माग पत्र बुझाउने क्रममा रजिष्ट्रारले उपसमितिलाई निर्देशन दिएको हो ।

Advertisment

थप समाचार