Below Menu

विद्युत बिक्री आम्दानी ६४५ प्रतिशतले बढ्दा मध्य भोटेकोशीको नाफा १० गुणाले वृद्धि

विद्युत बिक्री आम्दानी ६४५  प्रतिशतले बढ्दा मध्य भोटेकोशीको नाफा १० गुणाले वृद्धि

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १९ करोड ६१ लाख छ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ९७७.८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक करोड ८१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

Sponsored Advertisement

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो । यसका साथै कम्पनीको सञ्चालन नाफा बढेका कारण पनि खुद नाफामा उच्च वृद्धि देखिएको हो ।  

गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत १० करोड ८० लाख ५० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ७५ करोड ८९ लाख एक हजार रुपैयाँ आम्दानी गरेको छ । जुन ६४५.११ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको कुल नाफा ६२४.८४ प्रतिशतले बढेर ७० करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा नौ करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि ३५ हजार रुपैयाँबाट बढेर दुई लाख ८४ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी कम्पनीको कम्पनीको सञ्चित नोक्सानी पनि गत वर्षको असोज मसान्तसम्म ३७ करोड ६६ लाख रुपैयाँ रहेको चालु आवको वर्षको सोही अवधिमा घटेर तीन करोड १८ लाख रुपैयाँमा झरेको छ।

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष १.१० रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १३.०७ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २४.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९.४७ रुपैयाँ रहेको छ । 

असोज मसान्तसम्म ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङ तीन करोड १८ लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

थप समाचार