Below Menu
Below Menu

लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक

लघुवित्तले १५% भन्दा बढी ब्याज लिए सिधै उजुरी गर्नुस् : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा ब्याजदर लिए उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न भनेको हो।

‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन,’ सूचनामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ।’

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक रहेको समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुने बताएको छ। 

Advertisment

थप समाचार