सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने

सूर्योदय वोमी लघुवित्तले १५ प्रतिशत बोनस दिने

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त आपसमा गाभिएर २०७८ चैत १९ गतेदेखि एकिकृत कारोबार भएको हो। 

 

थप समाचार