काठमाडौं : सहकारी क्षेत्रले गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हो भने भोलीका दिनमा अवस्था जटिल बन्दै जाने पूर्वअर्थ सचिव शिशिर ढुंगानाले बताएका छन्।
सहकारीहरुमा बचत कम उठने र त्यसको असर कर्जा लगानीमा समेत पर्ने ढुंगानाले बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा आजदेखि सुरु भएको साकोस सिईओ वर्कशपमा बोल्दै ढुंगानाले सहकारीमा बचत फिर्ताको लागि दबाब बढेको कारण संस्थाको ब्राण्ड कायम राख्न समस्या भएको उनको भनाइ थियो ।
उनले कर्जा जोखिम बढ्दै जाने जोखिम बढेको भन्दै आर्थिक सुचक कम हुँदा सहकारीमा पनि असर पर्ने उल्लेख गरे । त्यस्तै ढुंगानाले सहकारीले कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हो भने आगामी दिनमा सहकारीको अवस्था भयाबह हुने समेत बताए। ढुंगानाले कर्जा सुरक्षण प्रणाली नेफ्स्कुन वा अन्य कुनै निकायले अग्रसरता लिएर निर्माण गर्न आग्रह समेत गरे।
Advertisment