Below Menu
Below Menu

फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर

फाइनान्सले पनि घटायो निक्षेपको ब्याजदर

काठमाडौं : फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन्। नेपाल वित्तीय संस्था संघको आजको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

फाइनान्स कम्पनीहरुले एक वर्ष र सो भन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ।

पहिला १२.१० प्रतिशत रहेको ब्याज आगामी चैतदेखि घटाएर ११.९ प्रतिशत कायम हुने छ। बचतको ब्याजमा भने कुनै फेरबदल गरिएको छैन। संस्थागततर्फ स्वतः २ प्रतिशत कम हुने गरि ब्याज कायम हुने संघले जनाएको छ।

Advertisment

थप समाचार