मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने

मुक्तिनाथ विकास बैंकबाट ३ कार्य दिनभित्रै २ करोडसम्म कर्जा पाइने

काठमाडौं : मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार २ करोडसम्म साना तथा मझौला व्यवसाय कर्जा पाईने छ।

 कृषिकर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

कर्जा लिन इच्छुक कर्जाग्राहीलाई सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ।

यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्ने बैंकले जनाएको छ।