Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाले घटायो ब्याजदर

बैंक तथा वित्तीय संस्थाले घटायो ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि ब्याजदर घटाएका छन्। बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले आजदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका छन्।

बैंकहरुले रेमिट्यान्स बचत र मुद्दतीमा ब्याजदर घटाएका छैनन्। नेपाल बैंकर्स संघले चैत महिनामा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेका थिए।

क वर्गका बैंकहरुले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले भने मुद्दतीको ब्याजदर घटाएका छन्।

विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गरेका छन् । बचतमा ६.७५ देखि ८.७५ प्रतिशत रहेकोमा आजदेखि ६.६ देखि ८.६ प्रतिशत कायम गरेका छन्।

फाइनान्स कम्पनीले १२ प्रतिशतमा झारेका छन्। यस अघि १२.२० रहेको रहेको थियो।

Advertisment

थप समाचार