काठमाडौं : पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको दायित्व भएको नेपाल राष्ट्र बैंकले बताएको छ। जुन प्रयोजनका लागि कर्जा लिइएको हो सोही प्रयोजनमा मात्रै प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ ।
राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी गर्दै सम्बन्धित पक्षले पूर्वनिर्धारित शर्त पूरा नगर्दा कानूनी कारवाही मात्र नभई वित्तीय मध्यस्थताको सन्तुलन बिग्रने र वित्तीय स्थायित्वमा समस्या आउन सक्नेतर्फ सचेत गराएको छ।
बैंक तथा वित्तीय संस्थाले बचतकर्तासँग भएको सञ्चित रकम जम्मा गर्ने र वित्तीय स्रोतको आवश्यकता भएकालाई कर्जा उपलब्ध गराउने कार्य गरी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आइपरेमा तोकिएको शर्तको अधीनमा रही पुनरसंरचना वा पुनरतालिकीकरणको व्यवस्था रहेको पनि राष्ट्र बैंकले जनाएको छ।
Advertisment