Below Menu
Below Menu

सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । बजार मापन गर्ने सूचक ६.९० अंकले घटेर परिसूचक १९२६.४० बिन्दुमा रोकिएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेको छ।

आज कारोबार भएका २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा होटल २६.६३, जलविद्युत ६.८१, जीवन बीमा समूहको उपसूचक २.७२, ट्रेडिङ समूहको उपसूचक २.६१ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक ६.७२, विकास बैंक १५.२९, जीवन बीमा ६३.९१, उत्पादन तथा प्रशोधन ४९.११, माइक्रोफाइनान्स समूहको उपसूचक ३७.६८ अंकले घटेको छ।

आज मानुषी लघुवित्त, युनिक नेपाल, शुभम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरीको सबैभन्दा बढी भएको छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँको सेयर किनबेच भएको छ।

Advertisment

थप समाचार