Below Menu

शिवश्री हाइड्रोपावर साढे दुई करोड नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

शिवश्री हाइड्रोपावर साढे दुई करोड नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं : शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले दुई करोड ८८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

गत आवको सोही अवधिसम्म तीन लाख छ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी नाफामा गएको हो । समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च घटेका कारण नाफामा सुधार देखिएको हो । 

गत वर्ष विद्युत बिक्रीमार्फत १४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा १३ करोड ४९ लाख ९८ हजार रुपैयाँमा सिमित भएको छ । जुन ९.७६ प्रतिशतले कम हो ।

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा गत वर्षको १२ करोड छ लाख पाँच हजार रुपैयाँबाट घटेर यस वर्ष १० करोड ७० लाख ४१ हजार रुपैयाँमा झरेको छ । यसैगरी कम्पनीको वित्तीय खर्च गत वर्षको आठ करोड ९४ लाख छ हजार रुपैयाँबाट घटेर चार करोड ६२ लाख ७५ हजार रुपैयाँमा झरेको छ । जसका कारण कम्पनी नाफामा गएको हो । 

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी पनि गत वर्षको १४ करोड ९६ लाख ९० हजार रुपैयाँबाट घटेर १३ करोड ७५ लाख पाँच हजार रुपैयाँमा झरेको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष ०.०७ रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर ३.९७ रुपैयाँ पुगेको छ। त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५३.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५४.९८ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष एक अर्ब ३२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ  । 

थप समाचार