काठमाडौं : नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थाको बिदा (शनिबार बाहेक) को सूची सार्वजनिक गरेको छ। बिहीबार जनशक्ति व्यवस्थापन विभागले बिदाको सूची सार्वजनिक गरेको हो । सूचना अनुसार विभिन्न ३५ प्रकारका बिदा सार्वजनिक गरेको छ।
त्यस्तै राष्ट्र बैंकले कार्यालय समय बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान ११ बजेदेखि ५ बजेसम्म तोकेको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि ४ बजेसम्म रहने सूचना जारी गरेको छ। त्यस्तै प्रत्येक शुक्रबार बिहान १० देखि १ः३० बजेसम्म कार्यालय समय निर्धारण गरेको छ।
त्यस्तै बैंकिङ कारोबार समय बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि ४ बजेसम्म निर्धारण गरेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने जनाएको छ । शुक्रबार बिहान १० देखि १२ः३० बजेसम्म बैंकिङ कारोबार समय राष्ट्र बैंकले तय गरेको छ।
Advertisment