Below Menu
Below Menu

गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ

गभर्नरले भने- सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक छ

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्न दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सिमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए ।

सहकारीमा नियमन कमजोर भएको बताउँदै उनले दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए । सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सिमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । 

‘केही सिमित कमीकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको छ तर समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ’, उनले भने ।

Advertisment

थप समाचार