काठमाडौं : नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएको छ। बुधबार बसेको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत कायम गरेको हो । घटेको बयाजदर बैशाख १ गतेदेखि लागू हुनेछ।
साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहने जनाएको छ। कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ।
Advertisment