काठमाडौं : नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते (शुक्रबार) बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज रहेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम १०.९९ प्रतिशतसम्म तोकेको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।
बैंकले बचत खाताको न्यूनतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.४० प्रतिशतमा झारेको हो । बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ ।
Advertisment