Below Menu
Below Menu

राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था

राष्ट्र बैंकको कारबाही परे ६ बैंक तथा वित्तीय संस्था

काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।

विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन्। कर्पोरेटलाई असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसकेकोमा क्रमशः १७ लाख ९३ हजार ६४७.७३ रुपैयाँ र ३ लाख ३५ हजार ४७४.३६ रुपैयाँ जरिवाना तिर्न लगाइएको छ।

यसैगरी, सिन्धुलाई असोजमा सीडी रेसियो मेन्टेन गर्न नसकेकोमा ६ लाख ८२ हजार १२१.२० रुपैयाँ, नारायणीले असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसक्दा क्रमशः ५ लाख ८ हजार २००.३९ रुपैयाँ र ३ लाख ४ हजार २२९.११ रुपैयाँ , सप्तकोशीले असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसक्दा क्रमशः ३० लाख ५९ हजार ३४४.०५ रुपैयाँ र २२ लाख ७७ हजार ३०२.२८ रुपैयाँ तिर्नुपरेको छ।

त्यस्तै, असोजमा सीडी रेसियो मेन्टेन गर्न नसकेका नेपाल फाइनान्स र जानकी फाइनान्सलाई पनि राष्ट्र बैंकले क्रमशः १ लाख ४९ हजार ३६४.७३ रुपैयाँ र ८० हजार ९८५.०२ रुपैयाँ जरिवाना गरेको छ। यी बैंक तथा वित्तीय संस्थालाई गैरस्थलगत सुपरिवेक्षणका आधारमा जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ।

Advertisment

थप समाचार