काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाएको छ। उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ। यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंक अपेक्षा छ ।
बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकहरूले बैंकको वेबसाइट वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने बताइएको छ। योजना सीमित अवधिका लागि मात्र भएको बैंकले जनाएको छ।
Advertisment