Below Menu
Below Menu

कामना सेवा विकास बैंकको सिइओमा दिनेश थकाली नियुक्त

कामना सेवा विकास बैंकको सिइओमा दिनेश थकाली नियुक्त

काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरी ४ वर्षको लागि बैंक सञ्चालक समितिले थकालीलाई नियुक्त गरेका हुन् ।

थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए। उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरेका थिए । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ थिए।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । 

Advertisment

थप समाचार