Below Menu

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

थप समाचार