Below Menu
Below Menu

बैशाख २७ गतेबाट आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार

बैशाख २७ गतेबाट आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार

काठमाडाैं : आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर बैशाख २७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै कम्पनीको चैत्र २२ मा सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

यससँगै नेपालका दुई ठूला व्यवसायिक घराना बिशाल ग्रुप र आइएमई ग्रुपको लगानीको निर्जीवन वीमा कम्पनी देशकै धेरै चुक्तापूंजी भएको कम्पनी बन्ने छ। मर्जर पश्चात बन्ने ‘आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ को चुक्तापुंजी ३ अर्ब २५ करोड पुग्नेछ।

सम्झौताअनुसार दुवै कम्पनीबीच स्वाप अनुपात समान हुनेछ अर्थात एक बराबर एकको स्वाप अनुपात हुनेछ। मर्जर पश्चात बन्ने आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् भने अध्यक्षमा हेमराज ढकाल हुनेछन्।

Advertisment

थप समाचार