काठमाडौं : नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने सूचना गरेको हो । यस बचतपत्र ६र६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । सो बचतपत्रमा नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र २०८० जेठ ३० गते निष्काशन गरी २०८५ जेठ ३० गते परिपक्व हुनेछ।
Advertisment