दूरसञ्चार क्षेत्र फैलिरहने, रेभिन्यू घटिरहने कसरी हुन्छ?

दूरसञ्चार क्षेत्र फैलिरहने, रेभिन्यू घटिरहने कसरी हुन्छ?

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा बढिरहेको अस्वस्थ्य प्रतिस्पर्धा नियन्त्रणमा ध्यान दिन नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराएकी छन्।

Sponsored Advertisement

काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रयोग बढिरहने तर राजस्व घटीरहने बिडम्बनापूर्ण अवस्था रहेकोमा दुःख व्यक्त गरिन्।

मन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धा गरेर यस्तो अवस्था अन्त्य हुनेगरी काम गर्न सचेत समेत गराइन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा उनले लक्ष्य निर्धारण गर्न र सोही अनुसार कार्यक्रम बनाएर अघि बढन पनि निर्देशन दिइन्।

सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले प्रविधिको क्षेत्रको बढदो प्रयोग, घटदो राजस्व भने दुःखद भएको बताइन्।

भनिन्, ‘यहाँनिरको कन्ट्राडिशन कहाँनिरको हो ? यहाँको समस्या कहाँको हो ? यसलाई व्यापक रुपमा छलफल गरेर यसका निम्ति गर्नुपर्ने आवश्यक सहकार्य गरौं।’

सेवा प्रदायक संस्थाहरु बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन पनि उनले आग्रह गरिन्। त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार तयार भएको उनले बताइन्।

हामीले सूचना प्रविधिको क्षेत्रलाई सरकारले अत्यावश्यकीय क्षेत्रको रुपमा राखेको बताउँदै उनले आगामी बजेटमा यो क्षेत्रमा लगानी बढाउने कुरा, बाह्य लगानीकर्ताहरुलाई यसमा आकर्षण गराउने कुरा समेटिने बताइन्।

उनले टेलिकम सेक्टरको विस्तार हुँदै जाने र तर रेभिन्यू घटदै जाने हो भने ती समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि विशेष ध्यान दिन जरुरी भएको बताइन्।

थप समाचार