Below Menu
Below Menu

साल्ट ट्रेडिङ नाफामा उल्लेख्य सुधार

३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल

साल्ट ट्रेडिङ नाफामा उल्लेख्य सुधार

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले वस्तु बिक्रीबाट ५ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। यो हिसाबले आम्दानी १७.४४ प्रतिशतले बढेको छ।

यो अवधिमा प्रशासकीय खर्च बढेर १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च १३ करोड २४ लाख रुपैयाँमा सीमित थियो। यसको ब्याज खर्च ४२ करोड १६ लाख रुपैयाँबाट घटेर २७ करोड २२ लाख रुपैयाँमा झरेको छ । बिक्री आम्दानी बढ्दा र ब्याज खर्च घट्दा यसको नाफा बढेको हो ।

सेयरपुँजी २५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडाको आकार ०.१८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जगेडामा १ अर्ब ३२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २९.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४४४.१४ रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार