काठमाडौं : तरलता समास्या रहेको नेपालमा पछिल्लो समयमा तरलतामा सहज हुन थालेको छ ।
बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप बढ्दा सीडी रेसियो पनि घटेको छ । जेठ ३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ २ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ५४ खर्ब ८४ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ४ अर्बले नै बढेर ४८ खर्ब ३८ अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब ९४ अर्ब रूपैयाँमा स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब रूपैयाँ छ । बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८४.९८ प्रतिशतबाट घटेर ८४.९२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ
वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब ९४ अर्ब रूपैयाँमा स्थिर रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब रूपैयाँ छ । बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८४.९८ प्रतिशतबाट घटेर ८४.९२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेको छ ।
Advertisment