Below Menu
Below Menu

७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)

७० सहकारीले तिरेन सरकारलाई ऋण, सञ्चालकहरु कालोसूचिमा पर्दै (नामसहित)

काठमाडौं : ७० वटा सहकारीहरुले सरकारबाट लिएको ऋण नतिरेको पाईएको छ। लामो समयदेखि ऋण नतिरेपछि ७० सहकारीको सूचि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले सार्वजनिक गरेको छ। ति सहकारीलाई ३५ दिनभित्र सावा, ब्याज र हर्जना तिर्न ताकेता गरेको छ ।

तोकिएको समयभित्र कर्जा नबुझाउने सहकारी संस्थाका सञ्चालक समितिलाई कालोसूचीमा राख्ने चेतावनी समेत कोषले दिएको छ । यस्तै सञ्चालकहरुको तिनपुस्ते विवरणसहित पत्रिकामा सूचना प्रकाशित गर्ने पनि कोषले चेतावनी दिएको छ।

कोषको कर्जा नतिर्ने सहकारीहरुमा सबैभन्दा बढि कर्णाली प्रदेशका २८ सहकारी छन् । यस्तै कोशी प्रदेशका १३, मधेस प्रदेशका ११, बागमती प्रदेशका १०, लुम्बिनी प्रदेशका ४ र सुदुरपश्चिम प्रदेशका ३ सहकारी छन् । 

Advertisment

थप समाचार